चितवन विशेष

मासिक ४७१ रुपैयाँमा क्लासिक टेकको ५० एमबीपीएसको इन्टरनेट

Banner

चितवन, साउन १४-

क्लासिक टेकको दशौ वार्षिक उत्सवको अवसरमा क्लासिक टेकले ४७१ प्रति महिनाको दरमा ५० एमबीपीयस स्पीडको सेवा बजारमा ल्याएको छ ।

एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार क्लासिक टेक प्रालिले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १० वर्षमा विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिबाट फाइबर इन्टरनेट सेवा प्रदान गर्दै आएको उल्लेख छ । यस संस्थाले नेपालको विभिन्न मुख्य सहरहरुमा सेवा उपलब्ध गराइसकेको छ । नेपालको ७७ वटा जिल्लामा नेटवर्क विस्तार गरिसकेको कम्पनीले २१ वटा भन्दा बढी शाखाको स्थापना गरी करिब ९०० दक्ष जनशक्तिका माध्यमबाट निरन्तररुपले आफ्ना ग्राहकलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

यस कम्पनीसँग हाल १०० जीबीपीएसको फाइबर ब्याकबोन रहेको छ भने एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा इन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ । यसका साथैं गुगल, फेसबुक, अकामाई तथा अन्य विभिन्न सर्भरहरु आफैले होस्ट गरेको छ । सो सर्भर र नेटवर्कको पूर्वाधारको कारणले नै गुणस्तरीय सेवा उपलब्ध गराउन सक्षम भएको कम्पनीको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>