खैरहनी

खैरहनीले किसानलाई बाड्यो ४८ लाखको कृषि औजार   

Banner

चितवन, असार ३१-

खैरहनी नगरपालिकाले नगरभित्रका किसानका लागि  कृषि औजार वितरण गरेको छ ।

कृषिमा लागत सहभागिता घटाउने उदेश्यसहित ४८ लाख बराबरको रिपर ( धान काट्ने मेसिन) र ड्याङ बनाउने मेसिन वितरण गरेको हो । नगरका विभिन्न वडामा रहेका १३ वटा कृषि समूह र कृषि सहकारी मार्फत् किसानलाई ती सामग्री वितरण गरिएको खैरहनी नगरपालिका कृषि शाखा प्रमुख श्रीकान्त घिमिरेले जानकारी दिए ।

नगरपालिकाको ३८ लाख ४० हजार र किसानको ९ लाख ६० हजार गरि कूल ४८ लाख बराबरको कृषि औजार वितरण गरिएको हो ।  नगरका विभिन्न स्थानका सहकारी तथा समूहले १२ वटा रिपर र ९ वटा ड्याङ बनाउने मेसिन पाउनेछन् । प्रति  रिपरको मूल्य दुई लाख ६५ हजार र प्रति ड्याङ बनाउने मेसिनको मूल्य एक लाख ८० हजार रुपैयाँ पर्छ । खैरहनी ६ स्थित साना किसान कृषि सहकारी संस्थाका लागि सहकारी परिसरमा आयोजित एक कार्यक्रमका बीच खैरहनीकी उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले सहकारीकी अध्यक्ष राधिका कुमारी क्षेत्रीलाई कृषि औजार हस्तान्तरण गरे । सो कृषि सहकारी मार्फत् समूहले दुई वटा रिपर र दुई वटा ड्याङ बनाउने मेसिन प्रयोग गर्न पाउनेछन् । औजार वितरण गर्दै उमपेयर थपलियाले आधुनिक कृषि औजारको प्रयोगले उत्पादनमा लागत घट्ने बताइन् । जसले किसानको आर्थिक वृद्धिमा टेवा पुग्ने उनको विश्वास छ । सो अवसरमा उपमेयर थपलियाले सामूहिकरुपमा खेती प्रणाली अवलम्बन गर्न किसानलाई सुझाव दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>