चितवन विशेष

बाँदरमुढे घटना प्रभावितलाई माडी नगरपालिकाले दियो एक लाख

Banner

सुवास लामिछाने,

चितवन,असार ३०-

बाँदरमुढे घटना प्रभावितलाई माडी नगरपालिकाले चेक हस्तान्तरण गरेको छ । पीडितलाई स्वरोजगार बन्नका लागि एक लाखका दरले पहिलो चरणमा २५ जनालाई चेक हस्तान्तरण गरिएको माडी नगरपालिकाले जनाएको छ । बाँकी रहेका प्रभावितलाई अर्काे चरणमा समेट्ने गरी काम गरिएको माडी नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताए ।

निर्वाचनको क्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बाँदरमुढे पिडितका प्रतिनिधिले गरेको ३ बुँदे सम्झौता कार्यान्वयनको पहिलो प्रक्रिया सुरु भएको हो ।

माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा सम्झौता कार्यान्वयनमा बनेको समितिले पीडितको आर्थिक , सामाजिक पारिवारिक अवस्थाको स्थलगत प्रतिवेदन तयार गरी पार्टी अध्यक्ष समक्ष पेश गरी केन्द्रबाट गर्नुपर्ने कामको बारेमा सिफारिस गरेको थियोे । सोही अनुसार बाँदरमुढे घटना स्थलमा दश करोडको लागतमा पार्क सहित मन्दिर,बालउद्यन तथा संग्रालयको डिपिआर तयार भई यही आर्थिक बर्षवाट निर्माण कार्य सुरुवात हुनेछ ।

हालसम्म कुनैपनि सहयोग नपाएको र पहिलो पटक सहयोग पाएका पिडितहरुले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेका छन् । नगरपालिकाले गरेको सहयोग रकम सही ठाँउमा प्रयोग गरी स्वरोजगार बन्ने पीडित परिवारले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>