चितवन विशेष

राप्तीमा विपन्न परिवारका दिदिभाइलाई सहयोग

Banner

चितवन, असार २९

आर्थिक अभावका कारण पठनपाठनमा समस्या झेल्दै आएका राप्ती नगरपालिका ६ मुडाभारका दिदीभाइलाई सहयोग हस्तान्तरण गरिएको छ ।
मुडाभारकी अनुजा परियार र उनका भाइ अनमोल परियारलाई आइतबार स्टेशनरी र खाद्यान्न सहयोग गरिएको हो । घरको अवस्थाका कारण पढाइदेखि खान लाउनसमेत समस्या रहेको राप्ती नगरपालिका भण्डाराकी महिला समाजसेवी अनिता खरेलमार्फत खैरहनीका समाजसेवी मुरलीप्रसाद गजुरेलले थाहा पाएपछि उनले आर्थिक संकलन गरेका थिए ।

खैरहनीका तीन जना व्यक्तिहरुको जन्मदिनको अवसरमा प्राप्त सहयोगले स्टेशनरी र खाद्यान्न खरिद गरी ती दिदीभाईलाई हस्तान्तरण गरिएको हो । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो । खैरहनी घर भएकी कमला बर्तौला सिवाकोटी, कृष्ण धमला र सेवकराज सुवेदीले आफ्नो जन्मदिनको अवसर पारेर समाजसेवी मुरली गजुरेललाई रकम पठाएका थिए ।

सोही रकमले कापी, कलम, विद्यालय पोशाक र खाद्यान्न सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो । व्यवसायी तथा समाजसेवी उत्तम अधिकारी, महिला समाजसेवीहरु अनिला खरेल र शान्ती उप्रेती, उत्प्रेरणा बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णप्रसाद अधिकारी लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो । सहयोग हस्तान्तरण गर्दै राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले सहयोगलाई सही सदुपयोग गर्नु पर्नेमा जोड दिए । उपमेयर लामाले विपन्न परिवारका लागि नगरपालिकाले घर बनाउन जस्ता उपलव्ध गराउँदै आएको उल्लेख गर्दै अनुजा परियारका लागि पनि घर निर्माणमा सहयोग गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>