कालिका

कालिकाका आरन व्यवसायीलाई आधुनिक उपकरण

Banner

चितवन, असार २९-

पूर्वी चितवनको कालिका नगरपालिकाले नगर भित्रका आरन व्यवसायीलाई आधुनिक उपकरण वितरण गरेको छ ।
परम्परादेखि आरन व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका ३२ जनालाई हेण्ड ग्रेन्डर वितरण गरेको हो । आज कालिकाका मेयर खुमनारायण श्रेष्ठले उनीहरुलाई सो उपकरण हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा उनले परम्परादेखि सञ्चालन हुँदै आएको आरन व्यवसायलाई परिस्कृत गर्दै आम्दानीको स्रोत बढाउन आधुनिक उपकरण प्रदान गरिएको बताए । ‘परम्परागत शैलीले गरिने आरन व्यवसायले बिहान बेलुका पनि खान पुग्दैन’ उनले भने, ‘यसको विकास गरी आम्दानीको स्रोत बृद्धि गर्ने योजनाका साथ निःशुल्क आधुनिक उपकरण प्रदान गरेका हौं ।’ उनले अर्को वर्षदेखि उच्च शिक्षा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने बताए । कार्यक्रममा कार्यपालिका सदस्य चिनबहादुर विक, प्रशासन शाखा प्रमुख महेन्द्र खनाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मेयर श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>