क्रिकेट
दोस्रो टि–ट्वान्टीः टस जितेर नेपाल व्याटिङमा
०

काठमाडौं, असार २९–
मलेसियाविरुद्धको टि–ट्वान्टी सिरिज अन्तरगतको दोस्रो खेलमा नेपाल व्याटिङमा उत्रिएको छ ।
कप्तान पारस खड्काले टस जितेर व्याटिङ रोज्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका छन् । खेलको पाँचौ ओभरमा नेपालले एक विकेट गुमाएर ३६ रन बनाएर खेलिरहेको छ । ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्ल क्रिजमा छन् । ओपनर पवन सराफ १० रनमा रनआउट भए । यसअघि सिरिजको पहिलो खेलमा नेपालले हिजो मलेसियालाई ७ विकेटले पराजित गरेको थियो ।
आजको खेल जितेमा नेपालले पहिलो पटक टि–ट्वान्टी सिरिज क्लिनस्वीप गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>