राजनीति

दुई संसदीय समितिको बैठक बस्दै

Banner

काठमाडौँ,  जेठ २९-

दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

सार्वजनिक लेखा समितिको सातौँ बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं ९५औं० बैठक बस्ने भएको छ ।

बिहान ८ः३० बजे बस्ने सार्वजनिक लेखा समितिको सातौँ बैठकमा लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेका छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पाँचौं ९५औं० बैठक बिहान ९ बजे बस्ने भएको छ ।

बैठकमा त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था लगायत नेपालको हवाई उड्डयन यूरोपियन यूनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>