खैरहनी

खैरहनीका चार विद्यालयलाई सम्मान र प्रोत्साहन अनुदान

Banner

चितवन,असार २८-

खैरहनी नगरपालिकाले नगर भित्रका २ वटा विद्यालयलाई सम्मान तथा २ वटा विद्यालयलाई प्रोत्साहन अनुदान प्रदान गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वढाउन सफल नगर भित्रका दुईवटा विद्यालयलाई प्रोत्साहन अनुदान र गत वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) र आधारभूत शिक्षा उर्तिर्ण परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने दुई वटा विद्यालयलाई नगदसहित सम्मान गरिएको हो । सामुदायिक विद्यालय सवलीकरणका लागि सरोकारवालाको क्षमता विकास सम्वन्धी दुई दिने गोष्ठीको शनिवार आयोजित उद्घाटन कार्यक्रममा ति विद्यालयहरुलाई अनुदान प्रदान गरिनुका साथै सम्मान गरिएको थियो ।

गत वर्षको तुलनामा शैक्षिक शत्र २०७६ मा सबैभन्दा वढि प्रतिशत विद्यार्थी भर्ना गरी संख्या वढाउन सफल खैरहनी २ स्थित राष्ट्रिय आधारभूत विद्यालय पटिहानी र खैरहनी १० स्थित राष्ट्रिय आधारभूत विद्यालय वडगाँउलाई विद्यार्थी टिकाउ प्रोत्साहन स्वरुप नगद २५ हजारका दरले अनुदान दिईएको नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । त्यस्तै गत वर्षको एसईई र आधारभूत शिक्षा उर्तिर्ण परिक्षामा उत्कृष्ट नजिता ल्याएको खैरहनी १ स्थित कंकाली माध्यमिक विद्यालयलाई नगद १५ हजार र खैरहनी ४ स्थित आधारभूत तहमा जन एकता आधारभूत विद्यालयलाई नगद १० हजार रुपैयासहित प्रशंसा पत्रले सम्मान गरिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत रहेका खैरहनी ७ का वडाध्यक्ष मनेजर महतोले जानकारी दिए ।

खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा,नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले सयुक्त रुपमा ति विद्यालयका प्रधानाध्यापक,व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान तथा अनुदान प्रदान गरेका थिए । नगर भित्र रहेका विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका प्रतिनिधी,प्रधानाध्यापक,कार्यपालिका सदस्य सहभागी गोष्ठीको पहिलो दिन सुर्खेतको जनज्योती माविका प्रधानाध्यापक नारायण सिग्देल र बुटवल स्थित कालिका माविका प्रधानाध्यापक घनश्याम कडेंलले आफ्नो विद्यालयले गरेको प्रगतिसहितको विद्यालय सुधारका लागि गर्न सकिने उपायका बारे सहजीकरण गरेका थिए । गोष्ठीको दोश्रो दिन आईतवार डाक्टर सुशिल कडेंल र मानव सेवा आश्रम चितवनका अध्यक्ष रामजी अधिकारीले सहजीकरण गर्ने खैरहनी नगरपालिकाका स्थानीय शिक्षा अधिकारी महेन्द्र पौडेलले वताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>