चितवन विशेष

पूर्वीचितवनका मूख्य राजमार्ग जलमग्न, चितवनमा उच्च सतर्कता अपनाइयो

Banner

चितवन, असार २७–

निरन्तरको वर्षाले पूर्वी चितवनको वीरेन्द्रनगरस्थित मूख्य राजमार्ग जलमग्न बनेको छ । सडकको पानीको निकास नभएपछि मूख्य राजमार्ग नै जलमग्न बनेको हो ।

लगातार वर्षा भइरहेकोले सवारी साधन संचालनमा कठिनाइ हुन थालेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पूर्वी चितवनको मूख्य राजमार्ग क्षेत्रमा पानीको निकास नहुँदा जलमग्न भएको नारायणी अनलाईनलाई जानकारी दिए ।

सोही क्षेत्रमा रहेका प्रमुख जिल्ला अधिकारीले स्थानीयबासीलाई सचेत रहन आग्रह गरिएको बताए । उनले चितवनमा बाढीको खतरा रहेकोले सबै सुरक्षा निकायदेखी स्थानीय तहले उच्च सतर्कता अपनाएको बताए । उनले नारायणी अनलाईनसंग भने–‘सबै निकाय हाइअलर्ट छौं, क्षति हुन नदिन सबै संयत्रले आफ्नो काम अघि बढाएको छ ।’

चितवनको राप्ती र नारायणी नदीमा आउने बाढीले असर पुर्‍याउने गरेको छ । सबै भन्दा धेरै पूर्वी चितवन बाढीको मारमा पर्ने गरेको छ । राप्ती नदीको बहाब बढ्दै गएर खतराको सूचक भन्दा माथि उक्लिएको छ । जसले गर्दा पूर्वी चितवन क्षेत्रमा बढि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तस्विरः आशिष उप्रेती

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>