कर्पोरेट
मेघा बैँक कावासोतीद्वारा एक गरिब छात्रालाई छात्रवृत्ति

ज्ञानु पंगेनी
नवलपुर, असार १६-
नवलपुरको कावासोतीमा रहेको मेघा बैँक नेपाल शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर एक जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैँकको कार्यलय रहेको वडाका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार एक छात्रालाई प्रदान गर्ने छात्रवृत्ति अभियानअन्तर्गत ज्ञानोदय माविको कक्षा ४ मा अध्ययन गर्ने नाइसा मगरलाई सोमबार कापी कलम र झोला प्रदान गरेको हो । केन्द्रबाट नै सोमबारबाट सुरु गरेको एजुकेशन इज इनलाइटमेन्ट अभियानअन्तर्गत मगरलाई छात्रवृत्ति प्रदान गरेको बैँकका शाखा प्रबन्धक गोपाल खनालले जानकारी दिए । मगरलाई कक्षा १२ सम्म अध्ययन गर्न आवश्यक पर्ने शैक्षिक सामग्री , पोशाक र शुल्क सबै बैँकले नै दिने खनालले बताए ।
मगर जेहेन्दार र आर्थिक अवस्था कमजोर भएको परिवारकी भएकाले उनलाई वडामा रहेका दुई वटा विद्यालयबाट छनौट गरेर छात्रवृत्ति प्रदान गरिएको खनालले बताए । मेघा बैँकले देशभरका १०२ वटा शाखाबाट बैँक सञ्चालनमा आएको वडाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने एक जना छात्रालाई छात्रवृत्तिको कार्यक्रम सोमबारदेखि एकैसाथ सुरु गरेको हो ।