नवलपुर
कावासोतीमा सञ्चालित विकास योजनाबारे सार्वजनिक सुनुवाइ
०

कावासोती, असार १६-
नवलपुरको कावासोती नगरपालिकाले वडा नम्बर १५ मा आज सार्वजनिक सुनुवाइ गरेको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा कावासोती नगरपालिका प्रमुख चन्द्राकुमारी पुनले नगरका सबै वडामा प्राथमिकताका आधारमा योजना छनौट गरेको बताइन् । उनले कावासोतीको विकासका लागि आफू निरन्तररुपमा लागेको स्पष्ट पारिन् । कार्यक्रममा उपस्थित सहभागीले नगरले दिने सेवा सुविधा थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नगरका विभिन्न समस्याका विषयमा उठेका प्रश्नको नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षलगायतले जवाफ दिएका थिए ।
वडा नम्बर १५ का अध्यक्ष देवनारायण महतोको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवाली, कावासोती नगरका शाखा प्रमुख होमनाथ काफ्ले, पवन रुपाखेतीलगायतले बोलेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>