नवलपुर

पर्यटकीय क्षेत्रको विकास गर्न गैँडाकोटका वृद्धवृद्धालाई तीर्थाटन

०
Banner

श्रीधर उपाध्याय

गैँडाकोट, असार १४

गैँडाकोट नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने सन्देश दिँदै गैँडाकोट नगरपालिका–१ ले ज्येष्ठ नागरिक सम्मानमा तीर्थयात्रा कार्यक्रम गरेको छ ।

गैँडाकोट नगरपालिका वाड नं. १ को आयोजना एवम् धार्मिक पर्यटकीय समन्वय समिति गैँडाकोट १ संयोजनमा भएको कार्यक्रममा ८० जना बढी ८० वर्ष नाघेका वृद्धवृद्धालाई सम्मान गरिएको हो ।

राधाकृष्ण मन्दिर गैँडाकोट–१ को प्राङ्गणमा सम्मान गरिएपछि आज तीर्थयात्राको कार्यक्रम सुरु भएको थियो । वृद्धवृद्धालाई राधाकृष्ण मन्दिर, लक्ष्मीनृसिंह दिव्यधाम, हनुमान मन्दिर, कैलाश सन्यास आश्रम, शास्वतधाम लगायतका स्थानको तीर्थाटन गराइएको थियो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले स्थानीय मठमन्दिरको प्रवद्र्धनको लागि गैँडाकोट–१ ले गरेको कार्यक्रमको प्रशंसा गरेका छन् । नगरप्रमुख पौडेलले नगरमा रोजगारीको सिर्जना गरी विदेशिने दोस्रो पुस्तालाई नेपाल राखी बुवाआमाको सेवा गर्न पाउने वातावरणको सिर्जना गर्न सकियो भने त्यो असलमा ज्येष्ठ नागरिकको सम्मान हुने बताए । यसका लागि पनि सरकार लागिपरेको बताए ।

त्यसैगरी गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले बुबाआमा, हजुरबुवा हजुरआमाहरुले सिकाएको नैतिक शिक्षा, संस्कार र संस्कृतिले आज हाम्रो समाजलाई डो¥याएको बताइन् । उनीहरुले सिकाएको जीवनपयोगी नैतिक शिक्षा र संस्कृतिलाई यस्ता सम्मानका कार्यक्रम सँगसँंगै अघि बढ्न आवश्यक रहेको उनको विचार थियो ।

सम्मानित ज्येष्ठ नागरिकको तर्फबाट बोलेका निम्बार्क दर्शन केन्द्रका हरिशरण शास्त्री महाराजले ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमले नयाँ पुस्तालाई सन्देश दिएको बताए । उमेरले साथ नदिएको अवस्थामा मठमन्दिरको दर्शनका लागि वडाले साथ दिएकोमा प्रशंसा गरेका थिए । युगलाई, समाजलाई जीवनका महत्वपूर्ण समय योगदान दिएका वृद्ध बुवाआमाको सम्मान गर्नुपर्दछ भनेर जसरी वडाले कार्यक्रम अघि बढाएको छ, हेर्दा सामान्य लाग्ला तर यसले समुदायमा ठूलो सन्देश दिएको र यसको निरन्तरताका लागि हरिशरण शास्त्री महाराजजीले आग्रह गरे । कार्यक्रममा वृद्धवृद्धालाई हरिनाम लेखिएको बस्त्र प्रदान गरेर सम्मान प्रकट गरिएको थियो ।

वडा सदस्य सुरेन्द्र रेग्मीले सञ्चालन गरेको कार्यक्रममा धार्मिक पर्यटकीय समन्वय समितिका उपाध्यक्ष लालमणि पौडेलले स्वागत मन्तव्य राखेका थिए । पौडेलले धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि आन्तरिक रुपमा आफ्नै क्षेत्रको प्रवद्र्धन आफैले गर्नुपर्ने बताउँदै ज्येष्ठ नागरिकको सम्मानमा यस कार्यक्रम गरिएको बताए । कार्यक्रमका अध्यक्षता गरेका वडा अध्यक्ष हरिप्रसाद सापकोटाले वृद्धबुबा आमाको सम्मानका साथै नगरको धार्मिक मठहरुको प्रवद्र्धनका लागि तीर्थयात्रा कार्यक्रम गरिएको बताए । नजिकका तीर्थस्थलहरु हेलामा परे भने, गैँडाकोटको समृद्धि पनि सम्भव नहुने वडा अध्यक्ष सापकोटाले बताए । कार्यक्रममा जनप्रतिनिधि, टोलविकास संस्थाका प्रतिनिधि, विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>