धादिङ

धादिङमा गाउँपालिका अध्यक्षको बालुवाखानीले बगरजस्तै बन्यो पृथ्वीराजमार्ग

Banner

धादिङ,असार १४-

धादिङको गल्छी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको बैरेनी गल्छी खण्डमा सडकमा लेदो माटोसहितको पहिरोका कारण सवारी आवागमन ठप्प भएको छ। रातभरीको वर्षात कारण आएको लेदो माटो बालुवाले राजमार्गको गल्छी बैरेनी खण्डमा ठाउँ ठाउँमा अवरोध पुर्‍याएको हो। सडक अवरूद्ध हुँदा पृथ्वीराजमार्गमा गुडिरहेका सयौं सवारी साधन बिहानैदेखि रोकिएका छन्। सडकमा जमेको लेदो माटो र वालुवा निकाल्न स्थानीय वालुवा व्यवसायीहरूले भागवण्डा लगाएर काम सुरू गरेका छन्। बालुवा र माटो छान्दै निकाल्दा सडक ४ घण्टा भन्दा बढी अवरूद्ध हुने अवस्था छ।

धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा ठाउँ ठाउँमा बालुवा र माटोको लेदो बगेर आएपछि सडक अवरूद्ध हुन पुगेको बैरेनी बजारका स्थानीय बासिन्दा नरेश खतिवडाले बताए। अवरूद्ध सडक खुलाउन प्रयास भइरहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>