क्रिकेट
विश्वकप क्रिकेटः पाकिस्तानले न्यूजील्याण्डलाई ६ विकेटले हरायो

काठमाडौं, असार १२–
इङल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजील्याण्डलाई पराजित गर्दै पाकिस्तान सेमीफाइनलमा पुग्ने संभाविता जिवितै राखेको छ । बुधबार भएको खेलमा बाबर अजमको शतकिय पारीमा पाकिस्तानले समूह चरणको दोस्रो स्थानमा रहेको न्यूजील्याण्डलाई ६ विकेटले पराजित गर्यो ।
न्यूजील्याण्डले दिएको २३८ रनको लक्ष्य पाकिस्तानले ५ बल बाँकी छदै २४१ रन बनाएर जित हासिल गर्यो । अन्तिम ओभरको पहिलो बलमै कप्तान सरफराज अहमदले चौका प्रहार गर्दै जित सुनिश्चित गरे । पाकिस्तानका लागि बाबर अजमले १०१ रनको अविजित शतकिय पारी खेले । १२७ बल खेलेका बाबरले ११ चौका प्रहार गरे । यस्तै हरिश सोहेलले ६८, मोहम्मद हाफिजले ३२ रनको पारी खेले । इल्याण्डका लागि ट्रेण्ट बोल्ट, फर्गुसन र कप्तान केन विलियम्सनले एक/एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको न्यूजील्याण्डले खराब सुरु गर्दै ६ विकेटको क्षतिमा २३७ रन जोडेको थियो । न्यूजील्याण्डले ८३ रनमा ५ विकेट गुमाएको थियो । त्यसपछिको पारी निशम र ग्राण्डहोमीले शतकिय साझेदारी गर्दै टिमलाई सम्मानजनक अवस्थामा पु¥याएको थियो । निशमनले अविजित ९७ रन बनाए भने ग्राण्डहोमीले ६४ रन बनाएर आउट भए । कप्तान केन विलियम्सनले ४१ रन बनाए भने अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानका लागि शाहिन अफ्रिदिले ३ विकेट लिए । जितसंगै पाकिस्तानले ७ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ भने सेमीफाइनल पुग्न न्यूजील्याण्डलाई अझै एक खेलमा जित आवश्यक भएको छ । हार व्यहोरेपनि न्यूजील्याण्ड ११ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।