अन्तर्राष्ट्रिय
दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता
०

सोल, असार ११-
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ । दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान आज बिहान सबेरै दक्षिण कोरिया आइपुगेका थिए । सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण भएको बताइएको छ । यसअघि १९९८ मा उनले दक्षिण कोरियाको भ्रमण गरेका थिए । राष्ट्रपति मुन र राजकुमार सलमानबीच भएको छलफलपछि प्रकाशित संयुक्त विज्ञप्तिमा दुई देशबीच सुचना र सञ्चार प्रविधि,स्वास्थ्य, सांस्कृतिक र शिक्षालगायत विभिन्न क्षेत्रमा सहकार्य बढाउने सम्झौता भएको बताइएको छ । रासस ÷सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>