समाचार

मन्त्रिमण्डल पूनर्गठन हल्लामात्रै: मन्त्री महासेठ

Banner

काठमाडौं, असार ११

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले मन्त्रिमण्डल पूनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने,‘मन्त्रिमण्डल पूनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाइएको अफवाह हो ।’

साक्षात्कारमा मन्त्री महासेठले तत्काल मन्त्रिमण्डल पूनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ ।  उनले भने,‘मन्त्रिमण्डल पूनगर्ठन भए पनि अध्यक्षद्वयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन । मन्त्रिमण्डल पूनगर्ठनबारे दिनहुँ नयाँ समाचार आइरहेका छन् । यसबारेको बजारिया हल्ला र प्रचण्डको कुरा एउटै छैन । अध्यक्ष प्रचण्डले बजारको हल्लाजसरी बोल्नुभएको छैन ।’

सरकार आलोपालो रुपमा चलाउनेबारे सहमति के हो ? भनेर सोधिएको प्रश्नमा मन्त्री महासेठले भने,‘हाम्रो अध्यक्षद्वयको बीचमा भएको सहमति कसैलाई साक्षी राखेर भएको छैन ।’ अध्यक्षद्वय ओली र प्रचण्डबीच यदि सहमति भएको भए उक्त सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पनि उनले स्पष्ट पारे । सरकार सञ्चालनबारे पनि पार्टीभित्र सहमति नै रहेको उनको जिकिर थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>