शिक्षा

एसईई परीक्षाको नतिजा सर्‍यो, भोलि मात्रै प्रकाशित हुने

Banner

काठमाडौं, असार ११–

आज हुने भनिएको राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल सरेको छ । परीक्षाफल भोलि (बिहीबार) मात्रै प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

नजिता आज सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कारणले गर्दा भोलि मात्रै परीक्षाफल प्रकाशित हुने बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>