क्रिकेट
विश्वकप क्रिकेटः आज न्यूजील्याण्ड र पाकिस्तान भिड्ने, दबाबमा पाकिस्तान
०

काठमाडौं, असार ११–
आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत आज न्यूजील्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
आजको खेलमा दुवै टिम दवाबमा छन् । पाकिस्तानलाई पराजित गरेको खण्डमा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ भने पाकिस्तान विजयी भए सेमीफाइनल पुग्ने संभावना कायमै रहने छ ।
जित महत्वपूर्ण रहेका यी दुई टोलीको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि म्यान्चेस्टरको ओल्ड ट्राफोड रंगशालामा हुनेछ । न्यूजिल्याण्ड प्रतियोगितामा अपराजित टोली हो । ६ मध्ये ५ खेलमा जित हासिल गरेको न्यूजिल्याण्डले भारतविरुद्धको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























