क्रिकेट

विश्वकप क्रिकेटः इङल्याण्डलाई हराउँदै अष्ट्रेलिया सेमीफाइनलमा प्रवेश

Banner

काठमाडौं, असार ११–

घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले पराजित गर्दै विश्वविजेता अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा इंग्ल्याण्डविरुद्ध अष्ट्रेलियाले छैटौं जित निकाल्दै पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएसंगै अष्ट्रेलिया सेमीफाईनलमा पुग्ने पहिलो टोली बनेको हो ।

लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ८५ रन बनाएको थियो । बलियो सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि एक सय २३ रनको साझेदारी गरेको थियो । उसका लागि डेविड वार्नरले ५३ रन बनाए । त्यसपछि उस्मान ख्वाजाले २३ तथा स्टिभ स्मिथ ३८ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले शतकीय पारी खेले । उनले एक सय १६ बलमा सय रन बनाए । अन्तिममा एलेक्स क्यारीले अविजित ३८ रन बनाए । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले दुई तथा जोफ्रा आर्चर, मार्क उड र बेन स्टोक्सले एक–एक विकेट लिए ।
जवाफमा इंग्ल्याण्ड ४४ ओभर ४ बलमा २२१ रनमा अलआउट भयो । निकै खराब सुरुवात गरेको इंग्ल्याण्डले ५३ रनमा चार विकेट गुमाएको थियो । उसका ओपनर जेम्स भिन्सले खाता खोल्न सकेनन् भने जोनी बेयरस्टो २७ रनमा आउट भए । यस्तै जोय रुटले आठ तथा कप्तान ओयन मोर्गन मात्र चार रनमा पेभेलियन फर्किए ।

त्यसपछि बेन स्टोक्स र जस बट्लरबीच पाँचौ विकेटका लागि ७१ रनको साझेदारी हुँदा इंग्ल्याण्ड केही सम्हालिएको थियो । तर बट्लर मात्र २५ रनमा आउट भए ।

त्यसपछि क्रिस ओक्स पनि २६ रनमा पेभेलियन फर्किएपछि उसले एक सय ७७ रनमा ६ विकेट गुमायो । तर त्यसपछि उसले अरु दुई विकेट सस्तैमा समेट्यो । उसका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए भने मोइन अली मात्र ६ रनमा आउट भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>