क्रिकेट
विश्वकप क्रिकेटः बंगलादेशले अफगानिस्तानलाई हरायो

काठमाडौं, असार १०–
बंगलादेशले इङल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित निकालेको छ ।
सोमबार भएको खेलमा सकिव अल हसनको अलराउण्ड प्रदर्शनले बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हराउँदै तेस्रो जित निकालेको हो । जितसंगै बंगलादेशको अन्तिम चारमा पुग्ने सम्भावना कायमै रहेको छ भने हारले अफगानिस्तान विश्वकपबाट बाहिरिएको छ ।
साउथह्याम्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले ५० ओभरमा सात विकेट गुमाउँदै २६२ रन बनाएको थियो ।
बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ८३ रनको योगदान दिए । त्यस्तै शकि अल हसनले ५१ रनको अर्धशतकीय योगदान दिए । यस्तै तमिम इकबालले ३६ बनाए । मोसादेक हुसेनले पनि आक्रामक ३५ रन जोडे । महमुदुल्लाहले २७ रन बनाए ।
बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमानले तीन विकेट लिए भने गुलाबदिन नाइबले दुई तथा दवलत जद्रान र मोहम्मद नाबीले एक–एक विकेट लिए ।
जवाफमा अफगानिस्तान ४७ ओभरमा २०० रनमा अलआउट भयो । अफगानिस्तानका लागि कप्तान गुल्बादिन नेइबले ४७ रन बनाउदा रहमत शाहले २४ रन बनाए । बलिङमा सकिव अल हसनले ५ विकेट लिए ।
जितसँगै बंगलादेशले सात अङ्क बनाएको छ ।