खेलकुद

कोपा अमेरिकाः कतारलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

Banner

काठमाडौं, असार ९–

कतारलाई हराउँदै अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति भएको खेलमा आमन्त्रित राष्ट्र कतारमाथि २–० को जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’बाट कोलम्बिया विजेताको रुपमा र अर्जेन्टिना उप–विजेताको रुपमा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

कतारविरुद्ध अर्जेन्टिनका लौटारो जाभियर मार्टिनेजले चौथो मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाए । कतारका डिफेन्डरले आफ्नै पेनाल्टी क्षेत्रबाट क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै मार्टिनेजले गोल गर्न सफल भए । पहिलो हाफमा १ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा पनि एक गोल थपेको थियो ।

८२ औं मिनेटमा सर्जियो अग्युरोले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै टिमका लागि दोस्रो गोल गरेर जित निश्चित गरे । पहिलो खेलमा कोलम्बियासँग पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा पाराग्वेलाई बराबरीमा रोकेको थियो । जसका कारण अर्जेन्टिनाले कतारलाई हराउनै पर्ने दवाबमा थियो ।

समूहको अर्को खेलमा कोलोम्बियाले पाराग्वेलाई १–० ले हरायो । कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>