क्रिकेट

विश्वकप क्रिकेटः पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हरायो

Banner

काठमाडौं, असार ८–

जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरत आज (आइतबार) भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको छ । पाकिस्तानले दिएको ३०९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ५० ओभरमा ९ विकेट गुमाउँदै २५९ रन मात्रै जोड्न सकेपछि पाकिस्तान विजयी भएको हो ।

दक्षिण अफ्रिकाका लागि कप्तान फाप डुप्लेसिसले ६३, क्वेन्टन डिककले ४७, फेहल्क्यायोले ४६ रन बनाए ।
पाकिस्तानका लागि वाहब रेज र शादब खानले समान ३/३ विकेट, मोहम्मद आमिरले २ र शाहिन अफ्रिदीले एक विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा ३०८ रन जोडेको थियो । उसका लागि हरिश सोहिलले ८९, बाबर आजमले ६९, इमाम उलहुक र फकर जमानले समान ४४ रनको योगदान दिए । दक्षिण अफ्रिकाका लागि लुङगी एनगिडीले ३, इमरान ताहिरले २ विकेट लिए ।

आजको जितसंगै पाकिस्तानको प्लेअफमा पुग्ने संभावना जिवितै रहेको छ भने दक्षिण अफ्रिका बाहिरिएको छ । ६ खेलबाट ५ अंकका साथ पाकिस्तान सातौं स्थानमा उक्लिएको छ । उसले अझै तीन खेल खेल्न बाँकी छ । टप चार टिम प्लेअफमा प्रतिस्पर्धा गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>