समाचार

औरही नगरपालिका कार्यालय तोडफोडमा उत्रिइन् उपप्रमुख झा

Banner

महोत्तरी, असार ८

महोत्तरीको औरही नगरपालिका कार्यालयमा तोडफोड भएको छ।

कागजी बजेट मिलाउन राति पनि कार्यालय खोलेर काम गरेको भन्दै नगरपालिकाका उपप्रमुख रेनु झाको नेतृत्वमा शनिबार राति कार्यालय तोडफोड भएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर किशोर आचार्यले जानकारी दिए।

शनिबार साँझ ७ बजे उपप्रमुख झाको नेतृत्वमा पुगेको टोलीले योजना शाखा तथा प्रशासन फाँटमा तोडफोड गरेको छ । २÷२ थान कम्प्युटर, स्क्यानर मेसिन, प्रिन्टर तोडफोड गर्नुकासाथै कागजपत्र च्यातिएका छन्। नगरप्रमुख सुनिलकुमार यादव आफैं राति बसेर कार्यालयमा काम गराइरहेका बेला राजपा नेपाल समर्थित कार्यकर्ताहरुलाई लिएर उपप्रमुख झा कार्यालय पुगेकी थिइन् ।

समान्य भनाभनबाट सुरु भएको विवादले उग्ररुप लिएपछि राजपा कार्यकर्ताहरु तोडफोडमा उत्रिएका थिए ।साँझ ७ बजेदेखि सुरु भएको विवाद राति ११ बजेसम्म चलेको थियो । औरही प्रहरी चौकी, इलाका प्रहरी कार्यालय गौशाला, बर्दिबास, रामगोपालपुरबाट आएको प्रहरी टोलीले भीडलाई तितरबितर पारी अवस्था साम्य पारेका थिए । विकासमा हिनामिना गरेको भन्दै पहिले देखि नै नगर प्रमुख र उपप्रमुखबीच विवाद हुदैं आएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>