अन्तर्राष्ट्रिय
क्षेत्रीय तनावका बारेमा इराक र फ्रान्सबीच कुराकानी
०

बग्दाद, असार ८–
इराकका विदेशमन्त्री मोहम्मद अल हकिम र फ्रान्सका समकक्षी जेन यभेस लि ड्रियनबीच टेलिफोन कुराकानी भएको छ ।
अमेरिका र इरानबीचको बढ्दो तिक्ततासहित क्षेत्रीय तनाव र दुई पक्षीय हितका अन्य विषयका बारेमा कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । इराकको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उनीहरुबीच शनिबार कुराकानी भएको उल्लेख छ । फ्रान्सका विदेशमन्त्री ड्रियनले हकिमलाई फोन गरेका हुन् । उनीहरुले आपसी सम्बन्ध बाहेक पछिल्लो विविध अवस्थाका बारेमा छलफल गरेको वक्तव्यमा उल्लेख छ । रासस\सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>