चितवन विशेष
नारायणगढ-मुग्लिन सडकको भतेरीमा दुर्घटना,२० जना घाइते
०

चितवन,असार ७-
चितवनमा गएराती दुई सवारीसाधन एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ भतेरी जंगलमा काठमाडौंबाट बर्दियाको गुलरिया जाँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको बस राती पौने २ बजे एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते १६ जनाको पुरानो मेडिकल कलेज र ४ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनास्थलमा रहेका गाडीलाई सडक किनारामा लगेर बाटो सूचारु गरिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>