शिक्षा

पढाइ छोडेका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयको मौका परीक्षा

Banner

काठमाडौं, असार ४-

त्रिभुवन विश्वविद्यालयले १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ।
त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार र बाह्रं), स्नातक र स्नातकोत्तर तहको केही विषयमा उत्तीर्ण भएपनि अन्य विषयमा अनुत्तीर्ण विद्यार्थीलाई यस्तो मौका दिन लागेको हो। त्रिवि प्राज्ञिक परिषदको जेठ ५ गते यो निर्णय गरेको भए पनि पनिकाले भने भर्खरै सूचना जारी गरेको हो।

जसअनुसार परीक्षाको समय सीमा नाघेको तर सम्पूर्ण सैद्धान्तिक विषय उत्तीर्ण गरी शोधपत्र, प्रयोगात्मक परीक्षा र शिक्षण अभ्यास बाँकी रहेका विद्यार्थी यो कार्यक्रममा सहभागी हुन पाउनेछन्। त्रिवि मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय हो। तर यहाँका धेरै विद्यार्थी परीक्षामा उत्तीर्ण हुन नसकेर बीचैमा पढाइ छोड्ने गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>