मौसम

मौसमविद् भन्छन्ः आज हावाहुरीसहित वर्षा,बेलुकीबाट गर्मी केही कम हुन्छ

Banner

चितवन,असार २-

एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभावले नै पहाडी र हिमाली भेगको मौसम दिनभर आशिंकदेखि सामान्य बद्ली भई बेलुकीपख पानी पर्ने सम्भावना रहेको छ ।’

बंगालको खाडीमा बनेको जलवाष्पयुक्त हावाको प्रभाव सुदूरपश्चिम क्षेत्रमा नपरे पनि पश्चिमी वायुको प्रभावका कारण पानी पर्ने सम्भावना भने रहेको उहाँले बताउनुभयो । अझै एक दुई दिनको मौसम यस्तै रहने पनि उहाँको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>