नवलपुर

महिला स्वास्थ्य स्वयम् सेविकाको भेला नवलपुरको देवचुलीमा

Banner

गैंडाकोट, जेठ ३२-

नवलपुरका चार वटा नगरपालिकाका महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भेला देवचुली नगरपालिकाको दलदलेमा सम्पन्न भएको छ ।

विकू बचत तथा ऋण सहकारीले वृहत महिला स्वास्थ्य स्वयम् सेविका भेलाको आयोजना गरेको हो । भेलामा करिब २०० महिला स्वास्थ्य स्वयम् सेविकाको उपस्थिति रहेको थियो । भेलाले ९ बुँदे साझा प्रतिबद्धता समेत जारी गरेको छ । साझा प्रतिबद्धतामा बालमैत्री नगर विकास गर्न मिलेर काम गर्ने, गर्भदेखि मृत्युसम्म सबै सुखी, खुसी र स्वस्थ मानवका लागि अभियान चलाउने उल्लेख छ । सुरक्षित मातृत्व एवम् पोषणको अवस्था सुधार गर्नका लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>