नवलपुर

कावासोतीकी मृगौला रोग पीडितलाई १२ लाख सहयोग

Banner

ज्ञानु पंगेनी

नवलपुर, जेठ ३२-

कावासोती नगरपालिका–८ निवासी मृगौला रोगपीडित ३० वर्षकी गोमा सापकोटा पाण्डेको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिबाट संकलन गरिएको सहयोग रकम शनिबार हस्तान्तरण गरिएको छ ।

‘गोमा पाण्डे बचाउ अभियान’ नै सञ्चालन गरेर कावासोतीका स्थानीयले गोमाको उपचारका लागि ११ लाख ५० हजार रुपैयाँ संकलन गरेका थिए । देश विदेशबाट संकलन भएको उक्त सहयोग रकम बरारबरको चेक पीडित गोमाका श्रीमान गणेश पाण्डेलाई अभियानका संयोजक कमल प्रसाद गैरेले हस्तान्तरण गरेका छन् ।

नवलपुर समाज जापानले संकलन गरेर पठाएको ४० हजार रुपैयाँ सञ्चारकर्मी राशी रिजालले पाण्डेलाई हस्तान्तरण गरिन् भने प्रगति टोल सुधार समितिले समुदायमा संकलन गरेको १३ हजार २१५ रुपैयाँ र नेपाल पशु स्वाथ्य सेवा समाजका केन्द्रीय उपाध्यक्ष दिलमाया श्रेष्ठले पाँच हजार नगद सहयोग रकम पीडित गोमाका श्रीमान गणेश पाण्डेलाई शनिबार सोही कार्यक्रममा हस्तान्तरण गरेका थिए । शनिबार मात्रै १२ लाख ३ हजार २१५ रुपैयाँ सहयोग रकम पीडितका श्रीमान् पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

गोमाको दुवै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपणका लागि करीब ६० लाख रुपैयाँ लाग्ने अस्पताल स्रोतलाई उधृत गर्दै गोमाका श्रीमान पाण्डेले बताए । ६ महिनाअघि गोमाको भरतपुरमा जाँच गराउँदा दुवै मृगौला फेल भएको थाहा भएको थियो ।

त्यसपछि परिवारले उनलाई काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार गराइरहेकोमा रकम अभाव भएपछि घरमा ल्याइएको थियो । घरमा बस्दा गोमाको स्वास्थ्य अवस्था बिगँ्रदै जान थालेपछि पछिल्लो तीन महिनाबाट गोमाको टिचिङ अस्पतालको बेड नम्बर ८०२ मा उपचार भइरहेको छ । परिवारको मृगौला मेल नखाएकाले उनलाई मृगौला किनेर प्रत्यारोपण गर्नुपर्ने हुँदा भारतमा लगेर उपचार गराउनका लागि करिब ६० लाख रुपैयाँ लाग्ने पाण्डेले बताए । अहिलेसम्म करिब २५ लाख रुपैयाँ खर्च भइसकेको र भएको एउटा घडेरी बिक्री गरेर उपचार गरेको पाण्डेले जानकारी दिए । आर्थिक अवस्था नाजुक हुँदा सहयोगको अपिल गर्नुपरेको पाण्डेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>