खेलकुद

हनामी पाँचौँ चितवन च्याम्पियनसिपः आजदेखि क्वाटर फाइनलको खेल हुने

Banner

चितवन, जेठ ३२ –

चितवनको भरतपुरमा जारी हनामी पाँचौँ चितवन च्याम्पियनसि अन्तर्गत आज शनिबारदेखि क्वाटर फाइनलका खेलहरु हुने भएका छन् । गत जेठ २४ देखि सुरु भएको प्रतियोगितामा स्थानीय तथा अन्य जिल्लाका १६ टिम सहभागी थिए ।

दोस्रो चरणमा प्रवेश गरेका फुटलब क्लबहरु आजदेखि क्वाटर फाइनलमा भिड्दैछन् । क्वाटर फाइनल अन्तरत पहिलो खेल आज साँझ भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा हुँदैछ । क्वाटर फाइनलको पहिलो खेल डिफेन्डीङ च्याम्पियन फोर ब्रदर्श गैँडाकोट र जुनियर प्रहरी अधिकृत शिक्षालयका खेलाडीबीच हुँदैछ ।

फोर ब्रदर्श गैँडाकोटले भरतपुर फुटबल क्लबलाई हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको थियो । त्यस्तै जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरले नारायणी मोटर्स युनिक फुटबल क्लबलाई पराजित गरेको थियो । गत वर्षको साख जोगाउनका लागि फोर ब्रदर्शलाई आजको खेल जित्नैपर्ने दबाब हुनेछ भने नयाँ इतिहास रच्नका लागि पुलिसले आजको खेल जित्ने दाउमा हुनेछ ।

बिहीबारको खेलमा नवलपरासीको देशभक्त फुटबल क्लब विजयी भएको छ । देशभक्त फुटबल क्लबले माडीको बसन्तपुर युनाइटेड क्लबलाई ५–४ गोल अन्तरले पराजीत गरेको हो ।

प्रतियोगितामा देशभक्त फुटबल क्लबका तर्फबाट प्रदीप चौधरी, एलिस मगर, सुगम घर्ती, वीरेन्द्र सारू मगर र विवेक पुरीले एक/एक गोल गरेका थिए । बसन्तपुर युनाइटेडको तर्फबाट एलेक्स, जुनित घिसिङ, राजिव राना मगर र यओले एक/एक गोल गरेका आयोजक एभरेष्ट क्लबका सचिव विकास कोइरालाले जानकारी दिए । आजको खेलमा देशभक्त फुटबल क्लबका वीरेन्द्र सारू मगर म्यान अफ दी म्याच घोषित भएका कोइरालाले बताए ।

प्रतियोगिा अन्तरगत पहिलो चरणको अन्तिम खेल भोलि शुक्रबार हुँदैछ । पहिलो चरणको अन्तिम खेलमा शुक्रबार हानामी एभेष्ट क्लब भरतपुर र अभिषक चर्च रजहर नवलपरासीबीच प्रतिस्पर्धा हुने आयोजक एभरेष्ट क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । ‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी भएका देवकोटाले बताए । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउने देवकोटाले जानकारी दिए ।

प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्ने देवकोटाको भनाइ छ । सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने पनेरुले बताए ।

असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ । प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।

प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइएको सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । टिकट काटेर खेल हेर्ने दर्शकहरुमध्येबाट हरेक दिन एक जनालाई लक्की ड्र मार्फत मोबाइल पुरस्कार प्रदान गरिदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>