पत्रपत्रिका

नेपालमा बाँचुन्जेल नेता,प्रचण्ड ३० बर्ष पार्टी अध्यक्ष

Banner

काठमाडौं,जेठ ३२-

कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले उनलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो ।

सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । त्यसयता ४४ वर्ष सिंह निरन्तर नेतृत्वमा छन् । नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने नेता धेरै छन् । कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र माले महासचवि सीपी मैनाली वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा छन् । त्यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीमा कब्जा जमाएका छन् । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>