अन्तर्राष्ट्रिय

बेइजिङ सपिङ मलमा आक्रमण गर्नेलाई चीनमा मृत्युदण्ड

Banner

बेइजिङ, जेठ ३०-

मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ व्यक्ति घाइते भएका थिए । बेइजिङको जनअदालतले झु जिया नामक ती व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको हो । गत वर्षको फेब्रुअरी ११ मा सिचुङ जिल्लामा रहेको जोए सिटी मलमा झु त्यहाँ रहेका व्यक्तिलाई माथि आक्रमण गरेका थिए । निर्दोष व्यक्तिमाथि गरेको यस आक्रमणको कारबाही स्वरुपमा अदालत झुलाई मृत्यु दण्डको सजाय दिइएको समाचारमा जनाइएको छ । रासस ÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>