क्रिकेट
विश्वकप क्रिकेटः अष्ट्रेलियाले पाकिस्तानलाई हरायो
०

काठमाडौं, जेठ ३०–
इङल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा अष्ट्रेलिया विजयी भएको छ । गयराती सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले हराएको हो ।
अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि इमाम उलहकले ५३ रन बनाए । अष्ट्रेलियाका लागि पेट कुम्मिन्सले तीन र मिचेल स्टार्क तथा केन रिचार्डसनले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन बनाएको थियो । उसको सुरुवात राम्रो रह्यो कप्तान आरोन फिन्च र डेभिड वार्नरले उत्कृष्ट प्रदर्शन गर्दै १४६ रनको साझेदारी गरे । वार्नरले १०७ रन बनाए भने कप्तान एरोन फिन्च ८२ रनमा आउट भए ।पाकिस्तानका लागि मोहम्मद अमिरले ५ विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























