नवलपुर

जंगली च्याउ खाँदा ११ जना बिरामी, दुई बालिका गम्भीर

Banner

ज्ञानु पंगेनी

नवलपुर , जेठ २५

पाल्पा निस्दी गाउँपालिका–३ सार्की डाँडाका तीन घरपरिवारका ११ जना जंगली च्याउ खादा बिरामी परेका छन् । दुई बालिकाको अवस्था गम्भीर रहेको छ ।

बिरामी पर्नेहरुमा ४५ वर्षका पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षकी चन्द्री खाम्चा, छोरी १५ वर्षकी निर्मला खाम्चा रहेका छन् । यस्तै ८१ वर्षका प्रेमबहादुर सिंह ठकुरी, उनकी बुहारी ३० वर्षकी दानकुमारी सिंह र सात वर्षका नाति सुमन सिंह ठकुरी रहेका छन् ।

यस्तै एकै घरका धनकुमारी सिंह ठकुरी, निरुतासिंह ठकुरी, १० वर्षकी नीशा सिंह ठकुरी, आठ वर्षकी निर्मलासिंह ठकुरी, चार वर्षकी विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु सबैजनाको नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । निर्मला सिंह ठकुरी आठ वर्षकी, चार वर्षकी विष्णु सिंह ठकुरीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न जनरल फिजिसियन डाक्टर राजभक्त महर्जनले जनाएका छन् । बिरामीका आफन्त ईन्द्रबहादुर सिंह ठकुरीका अनुसार शुक्रबार राति उनीहरुले च्याउ खाएका थिए ।

शनिबार बिहान आठ बजेतिर बान्ता हुने र बेहोस हुने भएपछि छिमेकीले अस्पताल ल्याएका हुन् । पाल्पाको विकट क्षेत्र पर्ने हँुदा करिब एक घण्टाको बाटो डोकामा छिमेकीले बोकेर गाडी पुग्ने स्थानसम्म ल्याएको र मधयबिन्दुको सेतापानीमा रहेका बिरामीका आफन्त इन्द्रबहादुरलाई फोनमा खबर गरेपछि उनले हुप्सेकोट गाउँपालिकाको झ्यालबासबाट गाडी रिजर्ब गरेर लगेका थिए । बाटो अप्ठेरो हुँदा अपरान्ह चार बजेमात्रै बिरामीलाई अस्पताल ल्याइ पुर्‍याइएको  हो । आफन्त ईन्द्र बहादुरका अनुसार छिमेकीले राति च्याउ खाएर सुतेका कारण बिरामी भएको आशंका गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>