नवलपुर

सरकारको बजेट संघीयता विरोधीः कांग्रेस महामन्त्री कोइराला

Banner

विजय चालिसे

कावासोती, जेठ २५-

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६÷०७७ को बजेट संघीयता विरोधी भएको टिप्पणी गरेका छन् ।

नवलपुरको सदरमुकाम कावासोतीमा सञ्चालन भएको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा कोइरालाले सरकारले बजेट हावादारी भएको आरोप लगाए । सरकारले ल्याएको १५ खर्ब बढीको बजेट कार्यान्वयन गर्ने क्षमता नै नभएको भन्दै उनले यसलाई हावादारीको संज्ञा दिएका हुन् । उनले भने,‘ न यो बजेट कार्यान्वयन हुन्छ न यो देश समृद्वितर्फ जान्छ, यी सबै हावादारी हुन्’ ।

डा. कोइरालाले प्रदेश र स्थानीय तहको मर्म विपरित बजेट ल्याएर सरकारले केन्द्रिकृत शासन चलाउन खोजेको आरोपसमेत लगाए । सरकारले सपना बाँडेर राजनीतिक लाभ लिने गरी बजेट ल्याएको उनको आरोप थियो । विभिन्न सपना बाडेर सत्तामा आएको कम्युनिस्टले त्यो सपना पूरा गर्नुको साटो जनतालाई झन भन्दा झन बढी ऋणको भारी बोकाएको कोइरालाको कथन थियो । सरकार भ्रष्टाचारको चंगुलमा फसेको भन्दै महामन्त्री कोइरालाले कांग्रेस अब चुप लागेर नबस्ने चेतावनी दिए । उनले भने, ‘अब हामी मुकदर्शक भएर बस्नेवाला छैनौ, विरोध मात्रै हैन सदन र सडकबाटै संघर्ष गर्न तयार छौ’ । महामन्त्री डा. कोइरालाले नेपाली कांग्रेसको विचार धनी भएको बताए । उनले कांग्रेस नैतिकवान चरित्र भएको पार्टी भएकाले महामानव बिपी कोइरालाको विचार लिएर अघि बढ्न सुझाव दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>