नवलपुर

यौन दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नवलपुरमा विरोध प्रदर्शन

Banner

कावासोती, जेठ २३-

महिलालाई यौनदुव्यर्वहार गर्नेलाई कारबाहीको माग गर्दै नवलपुरको मध्यविन्दु नगरपालिकामा आज विरोध पदर्शन भएको छ ।

मध्यबिन्दु नगरपालिकाका ३८ वर्षीय राजु पाण्डेले स्थानीय १८ वर्षीया विवाहित महिलालाई यौनदुव्यवहार गरेको आरोप लगाइएको छ । पाण्डेलाई कारबाहीको माग गर्दै स्थानीयले घटना स्थल र उनको घर आसपास रानीटारमा ¥याली निकालेका हुन् ।

पाण्डे विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा आज मुद्दा दर्ता भएको पीडित परिवारले जनाएको छ । मुद्दा दर्तापछि घटनाका विषयमा थप अनुसन्धान अघि बढाइएको र फरार रहेका पाण्डेको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मध्यबिन्दु नगरपालिका–८ रानीटारमा खेतमा काम गर्न गएको मौका पारी स्थानीय १८ वर्षीय विवाहित युवतीलाई पाण्डेले बलात्कारको प्रयास गरेको पीडित महिलाले बताएकी छिन् । मंगलबार आफ्नो खेतमा गएका बेला महिलामाथि पाण्डेले जवर्जस्ती करणी गर्न खोज्दा भागेर बाँच्न सफल भएको पीडित परिवारले जानकारी दिएको छ ।

घटनालाई दबाउन खोजिएको भन्दै स्थानीय आक्रोशित भएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा घेराउ गर्ने समेत जनाएका छन् ।
वडाध्यक्ष परशुराम महतोको रोहबरमा घटना गाउँमै मिलाउने प्रयास गरे पनि पीडित पक्षले नमानेपछि प्रहरीकोमा जाहेरी परेको स्थानीयले बताएका छन् । आरोपित पाण्डे तम्सरिया साना शहरी खानेपानी संस्थाका अध्यक्ष हुन् भने भ्युरान स्मल हेभन स्कुलका सञ्चालक समेत हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>