राजनीति

वामदेव गृहजिल्ला प्यूठान पुग्दा किन देखिएन उत्साहा ?

Banner

प्युठान,जेठ २२-

कुनै समय बामदेव गौतम गृहजिल्ला प्यूठान आउँदा बेग्लै चहलपहल हुन्थ्यो ।चुनाव हारजित जे हुँदा पनि उनी राजनीतिमा चर्चामा आइरहे। २०७० को संविधानसभा निर्वाचनमा गौतमले प्युठान र बर्दियाबाट चुनाव जिते। उनले बर्दिया छाडेर प्युठान रोजे। चुनावताका गौतमले जिल्लाबासीसँग भनेका थिए, ‘अब म मेरै जन्मभूमिमा आएँ। मेरो दाहासंस्कार यहींकै श्रीखण्डले गर्नू। अब अरू जिल्लाबाट चुनाव लड्ने छैन।’ जिल्लाबासी खुसी भए।

उनको जन्मघर प्युठान नगरपालिका–२ दाखाक्वाडी हो। गौतम झन्डै २० वर्षअघि बसाइँ सरेर बर्दिया गएका हुन्। अहिले परिवारसँगै उनी काठमाडौंमा बस्छन्। तर ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गौतमले प्युठानीमाझ गरेको बाचा बिर्सिए। उनी बर्दियाबाट उम्मेदवार बने। जिल्लाबासीले प्युठानबाटै चुनाव लड्न गरेको आग्रह बेवास्ता गरे। त्यसबेला उनको नाममात्र पार्टीले उम्मेदवारका लागि सिफारिस गरेको थियो।

चुनाव हारेपछि पार्टीको औपचारिक कार्यक्रममा पहिलोपटक यसै साता उनी प्युठान आए। नेकपा जिल्ला कमिटीका पदाधिकारी शपथ गराउन र प्रशिक्षण दिन गौतम गृहजिल्ला आएका हुन्।अरू बेलाको भन्दा चुनाव हारेपछि गौतम प्युठान आउँदाको उत्साह कार्यकर्तामा देखिएन। गृहमन्त्री हुँदा उनले दिने अभिव्यक्ति निकै फूर्तिलो र हँसिलो देखिन्थ्यो। चुनावका बेला उनले गरेका धेरै बाचा अधुरै छन्। उनका ३४ बुँदे प्रतिबद्धता नारामै सीमित भए। उनले चुनाव जितेको एक वर्षभित्रै चाल्नेटार विमानस्थल उद्घाटन गर्ने आश्वासन गरेका थिए। तर, अहिलेसम्म त्यसको निर्माण सुरु भएको छैन। अन्नपूर्ण पोष्टबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>