Breaking News

अदालत, प्रहरी, प्रेस कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहदैनः सभापति लामिछाने

०
Banner

चितवन, कार्तिक २०–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालत, प्रहरीलगायत सार्वजनिक निकायका बारेमा अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

चितवनमा आज कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति लामिछानेले चोक–चोकमा गरिने गलत टिकाटिप्पणीले सार्वजनिक निकायहरु कमजोर हुने बताए । ‘अदालत, प्रहरी, प्रेसलगायत भए भरका संस्था कमजोर भए देश कमजोर हुन्छ, लोकतन्त्र रहन सक्दैन’–सभापति लामिछानेले भने । उनले यस्तो अवस्थामा जति गरे पनि देश विकास गर्न नसकिने र गफ गर्ने ठाउँ मात्रै रहने भन्दै सचेत रहन आग्रह गरे ।

सभापति लामिछानेले देशमा सुशासन कायम गर्न भ्रष्टचार रोक्न जेल कोच्नु पर्ने विषय विगतमा रास्वपाले नै जोडदार उठाएको भन्दै त्यसलाई कार्यान्वयन गर्दा भने ख्याल गर्नुपर्नेमा जोड दिए । उनले विधिको सासनको माध्यमबाट अनुसन्धान गर्ने र दोषी देखिए कारवाही गर्नु पर्ने बताए । तर पहिले कोच्ने पछि बल्ल सोच्ने काम गर्न नहुने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>