Breaking News
सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य
०

काठमाडौै, कात्तिक २० –
नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो ।
यससँगै कर्णाली याक्सले जितका लागि १७७ रन बनाउनुपर्ने भएको छ ।
पहिलो विकेटका लागि सैफ जैब र विनोद भण्डारीले राम्रो सुरुआत दिलाएका थिए। जैबले २४ बलमा ३५ रन तथा भण्डारीले २२ बलमा २७ रन बनाए।
कर्णालीले टस जितेर पहिले बलिङ रोजेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























