Breaking News
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा
०

हेटौंडा, भदौ १–
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएका छन् ।
आज (सोमबार)को प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव पेस गर्नेक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पदबाट राजीनामा घोषणा गरेका हुन्।
बानियाँले राजीनामा दिनुअघि एक वर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदामा प्रगति प्रस्तुत गरेका छन्। नेकपा एमालेले गत साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए । त्यसपछि उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन खोजेका थिए।
तर राप्रपाले कुनै पनि दललाई समर्थन नगर्ने निर्णय गरेपछि बानियाँले बहुमत जुटाउन सकेनन् । अन्ततः उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























