राजनीति

नेकपाको चुनावी घोषणापत्र अनुसारको बजेटः पार्वती रावल

Banner

काठमाडौं,जेठ २१ –

राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले आव २०७६/०७७ को बजेट समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला निर्माणतर्फ बजेटले ध्यान पुर्‍याएको बताएकी छन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद् रावलले उक्त कुरा बताएकी हुन् ।

‘नागरिकका आधारभूत आवश्यकता र जीवनस्तरमा गुणस्तरको सुधार साथै उपलब्ध स्रोत साधन, अवसर र क्षमताको उच्चतम उपयोगका माध्यमबाट न्यायिक वितरणमार्फत् सामाजिक न्यायसहित द्रूत आर्थिक विकासलाई बजेटले सम्बोधन गरेको छ,’ सांसद रावलले भनिन, ’भौतिक, आर्थिक र सामाजिक पूर्वाधारको विकासमार्फत् समुन्नत र समृद्ध समाजवादउन्मुख अर्थतन्त्रको आधारशीला निर्माणतर्फ पनि बजेटले विशेष ध्यान पु¥याएको छ ।’ उनले बजेट नेकपाको चुनावी घोषणापत्र अनुसार नै आएको पनि बताइन् ।

‘नेपालको संविधान, संघीय संसद्ले निर्माण गरेका मौलिक हकसँग सम्बन्धित कानून, नेकपाको चुनावी घोषणा पत्र र प्रतिबद्धतामा आधारित रहेर संघीय संसद्मा पेश भएको नेपाल सरकारको नीति तथा कार्यक्रम २०७६, एवं विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकताको जगमा टेकेर यसभित्रका व्यवस्था, प्रतिबद्धता र अन्तरवस्तुमा केन्द्रित भएर प्रस्तुत भएको छ,’ उनले भनिन् ।

बजेटले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त साथसाथै महिलाका लागि पनि विशेष ध्यान दिएको उनले बताइन् । छात्राहरूलाई निःशुल्क सेनेटरी प्याड, एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि, दुर्गम क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको उद्धारजस्ता महत्त्वपूर्ण विषयलाई बजेटले सम्बोधन गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>