राजनीति
कुलमानविरुद्ध अख्तियारले छानबिन गर्नुपर्छः महेश बस्नेत

काठमाडौं,जेठ २१-
नेकपाका सांसद महेश बस्नेतले विद्युत् प्राधिकरणको नौ अर्ब बक्यौताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका छन्। संसदको मंगलबारको बैठकमा बोल्दै बस्नेतले बक्यौता र भारतबाट खरिद गरिएको विद्युत् उपभोगबारे छानबिन गर्न माग गरेका हुन्।
‘सार्वजनिक लेखा समितिको बैठकमा सांसद अमनलाल मोदीले विद्युत् प्राधिकरणको नौ अर्ब बक्यौता उठ्न बाँकी रहेको कुरा उठाउनुभयो। त्यसैगरी भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाट बिजुली प्रयोग गरे पनि नगरे पनि भारु ६.६८ वा नेपाली १० रुपैयाँ ६८ पैसा तिर्नुपर्ने बारेमा प्रश्न उठाउनुभयो’, उनले संसद बैठकमा भने, ‘यो प्रश्न उठाइसकेपछि मिडिया र सोसल मिडियाले उहाँलाई तल्लो स्तरमा ओर्लेर गाली गरे ।
स्वयं कुलमानजीले मलाई घेराबन्दी गरियो । मलाई अनेक आरोपहरु लगाइयो भनेको पनि सुनियो । यो विषयमा सम्बन्धित निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिले उचित छानबिन गरोस् ।