साहित्य

नेपाली साहित्यिक परिवेशमा नाइलको सहारामा हाइकुको लालित्य

Banner

बैशाख २२, २०७६

हाइकु सिर्जनामा कलम चलाउने कविहरूको उल्लेख्य उपस्थिति छ आजको नेपाली साहित्यिक परिवेशमा। हाइकु सिर्जनाको यो उर्वर समयमा हाइकु कवि (हाइजिन) किरण पौडेल आफ्नो हाइकु संग्रह ‘नाइलको सहारा’मार्फत नेपाली हाइकुको खेतीमा मलजल गर्न आइपुगेका छन्। किरण पौडेल पेसाले सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डीएसपी) हुन्। पेसागत जिम्मेवारीसत्गै उनले अर्को जिम्मेवारी पनि लिने रुचि देखाए, हाइकु सिर्जनाको। यो जिम्मेवारीलाई उनले आफ्नो पहिलो हाइकु संग्रह ‘नाइलको सहारा’मार्फत निर्वाह गर्ने प्रयास गरेका छन्।

संयुक्त राष्ट्रसंघको शान्ति मिसनका दौरान अफ्रिकी महादेशका केही मुलुकमा सेवा गर्ने मौका पाएका पौडेलले त्यहात् रहत्दा बस्दा परिवेशअनुसारका हाइकुहरू रचना गरे। तिनै हाइकुहरू ‘नाइलको सहारा’मा संग्रहित भएर बजारमा आएका छन्। विश्वको सबैभन्दा लामो नदी नाइल र विश्वकै सबैभन्दा ठूलो मरुभूमि सहाराको मीठो संयोजन गरी पुस्तकको नाम जुराइएको छ– नाइलको सहारा। संग्रहमा २८५ वटा हाइकुहरू समाविष्ट छन्।

यो हाइकु संग्रहमा हाइजिन पौडेलले हाइकु कविताको नियमभित्रै रहेर हाइकुहरू रचना गरेका छन्। हाइकु सिर्जनाको (५ जोड ७ जोड ५) अक्षरको संरचनाको मर्मलाई उनले आत्मसात् गरेका छन्, आफ्ना हाइकुहरूमा। संग्रहमा रहेका हाइकुहरूले प्रेम, यौवन, फौजी जीवन, प्रकृति, नियति, मानवीय स्वाभाव र सामाजिक परिवेशको सजीव चित्रण गरेका छन्। संग्रहमा रहेका केही प्रतिनिधि हाइकुहरू यस्ता छन्–
किन पिएन
नाइलको यो पानी
उष्ण बालुवा।

मौसमसत्गै
रमाएकी युवती
बाटो बिराई।

ठमेल देखें
परदेशी भूमिमा
हामी विदेशी।
हाइकु कविता ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बित्ड’ भनेजस्तै हो। नेपाली हाइकुमा ‘कू’ गर्नेहरू पनि छन्। हाइकुका नाममा नियम मिचेर लेखिएका र प्रकाशन भएका पुस्तकहरू पनि भेटिन्छन्। ‘नाइलको सहारा’ त्यस्ता दोषहरूबाट मुक्त छ। हाइकुमा रुचि राख्ने र हाइकुबारे जान्नेबुझ्ने उत्सुकता भएका हाइकुप्रेमीहरूलाई यो कृतिले निराश पार्दैन। भूमिकामा साहित्यकार रामकुमार पात्डेले हाइकुको लालित्य र आवश्यकीय संरचनाहरूबारे मिहिन तरिकाले प्रस्ट पारिदिएका छन्।

नेपाल हाइकु केन्द्रले प्रकाशित गरेको यो हाइकु संग्रह हाइकुका पारखीहरूको लागि गतिलो खुराक बन्न सक्छ। रु. १४५।– मूल्यको यो कृतिले हर्षित नै तुल्याउत्छ भन्ने लाग्छ। समग्रमा ‘नाइलको सहारा’ले नेपाली वाङ्मयमा हाइकुको लालित्यलाई फैलाउने सुखद प्रयास गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>