इच्छकामना

स्वास्थ्य चौकी कुकुरको भरमा !

Banner

बैशाख २२, २०७६

स्वास्थ्य जस्तो संवेदशील स्थानमा कुकुरले रेखदेख गर्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ तर पर्साको धोबिनी गाउँपालिकाको वडा नम्बर १ मा रहेको घोर्दौइ प्रिपा स्वास्थ्य चौकी भने कुकुरको बास हुने गरेको छ ।

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु बिभिन्न बहाना बनाएर स्वास्थ्य चौकीमा उपस्थित नभएपछि सेवाग्राही समेत मारमा परेका छन् । बिरामी सुत्ने ओछ्यान कुकुरको बास देखिएको र आफू सेवा लिन आउदा रित्तै फर्कनु परेको स्थानीयसेवाग्राी कृष्णमोहन साहले गुनासो गर्नुभयो । सो स्वास्थ्य चौकीमा दुईजना अनमी र एकजना नर्सको दरबन्दी रहेपनि उनीहरु बिभिन्न बहाना बनाएर गाउँमा सेवा दिन नआएको स्वास्थ्यकर्मी दिनेश साहले बताउनुभयो । यद्यपी सो स्वास्थ्य चौकीमा एकजना हेल्थ असिष्टेनको पनि ब्यवस्था रहेको स्थानीयहरुले बताएका छन् ।

खासगरी उक्त स्वास्थ चौकीमा दिनहुुँ पिपरा घोडदौडा ,लक्ष्मीपुर र अशवारीका २० देखि २५ बिरामीहरु दिनहु सेवा लिन आउने गरेका छन् । यद्यपी धोबनी गाउँ पालिकाका अध्यक्ष सुरेश पटेलले भने आफू यस बिषयमा गम्भीर रहेको बताउनुभएको छ । उहाँले उक्त स्वास्थ्य चोकी अली पायक पर्ने स्थानमा नभएका कारण असार मसान्तसम्मा स्वास्थ्य चौकीलाई अली पायक पर्ने ठाउँमा सारी सेवा प्रदान गर्ने उद्देश्य आफूहरुले लिएको नेपाल समाचरापत्रसँग बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>