नवलपुर

स्वास्थ्यकर्मी नियुक्त गर्दै रोल्पाका सामुदायिक विद्यालय

Banner

बैशाख २२, २०७६

रोल्पाका सामुदायिक विद्यालयहरु विद्यार्थीको स्वास्थ्य प्रति संवेदनशिल देखिन थालेका छन । स्वस्थ विद्यार्थीले मात्रै सहज ढंगले सिकाई हासिल गर्न सक्छ भन्दै उनीहले विद्यालयमा स्वास्थ्यकर्मीको दरवन्दी सिर्जना गरि नियुक्ती प्रकृया समेत थालनी गरेका छन ।

जिल्ला सदरमुकाममा रहेको वालकल्याण नमूना मावि र पश्चिमोत्तर रोल्पामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक शत्र २०७६ को वैशाख देखी स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने भएका हुन । जीवनको अधिकांश समय विताउने विद्यालयवाट उनीहरुको स्वास्थ्य प्रति संवेदनशिल हुन जरुरी रहेको महसुस गरि नर्सं वा एच.ए. स्तरको स्वास्थ्यकर्मीको दरवन्दी सिर्जना गरि भर्ना प्रकृया थालनी गरेको ती विद्यालयले जनाएका छन । २ हजार ५ सय विद्यार्थीले अध्ययन गर्दै आएको सदरमुकाम लिबाङमा रहेका वालकल्याण नमूना माविले स्वास्थ्यकर्मीको लागी विज्ञापन गरिसकेको जानकारी दिएको छ ।

पदपूर्तीको लागी विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विज्ञापन प्रकाशित गरि सकेका छौ विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले भन्नु भयो । अधिकांश समय विद्यार्थीको स्वास्थ्य उपचारका लागी परिचालन गर्छौ केही समय वचे स्वास्थ्यकर्मीवाटै स्वास्थ्य शिक्षाको कक्षा समेत संचालन गछौ पोखे्रेलले भन्नु भयो ।

वर्षको सुरु, वीच र अन्त गरि तीन पटक सवै विद्यार्थीको स्वास्थ्य परिक्षण गराई हरेकको स्वास्थ्य व्यक्तिगत विवतरण समेत विद्यालयमा राख्छौ प्रधानाध्यापक पोख्रेलले भन्नु भयो । विद्यालयमा दैनिक ८,१० जना विद्यार्थीहरु विरामी भएको भन्दै उपचारका लागी स्वास्थ्य संस्था जाने गरेका छन जसले उनीहरुको पढाईमा समेत असर गरिरहेको छ प्रधानाध्यापक पोख्रेलले भन्नु भयो । सामान्य औषधी तथा प्राथमिक उपचारका सामानहरु विद्यालयमा राखेर विद्यार्थीको उपचार गर्ने तथा ठूलो समस्या देखिए नजिकको स्वास्थ्य केन्द्रमा रिफर गर्ने गरि स्वास्थ्यकर्मीलाई परिचालन गर्छौ पोख्रेलले भन्नु भयो ।

यत करिव ६ सय विद्यार्थीले अध्ययन गरिरहेको नेपाल राष्ट्रिय मावि मौलावोट रांकोटले समेत निकट भविष्यमा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न लागेको जानकारी दिएको छ । विद्यालयवाट टाढाको दुरीमा स्वास्थ्य संस्था रहेकाले विद्यार्थीको असुविधालाई ध्यान दिई शैक्षिक सत्र २०७६ को सुरु वाटै विद्यालयमा स्वास्थ्यकर्मी राख्दै छौ विद्यालयका प्रधानाध्यापक गोपाल केसीले भन्नु भयो ।

स्टाप नर्स वा एच.ए.को दरवन्दी सिर्जना गरिसकेका छौ पदपूर्ती गर्न वाँकी छ प्रधानाध्यापक केसीले भन्नु भयो । नमूना विद्यालय संचालन अनुसूचीमा विद्यालयले राख्न पाउने औषधीको सूची व्यवस्था गरेको छ सोही सूची अनुसारको औषधी विद्यालय हाता भित्र राख्छौ प्रधानाध्याक केसीले भन्नु भयो ।

जिल्लाको नमूना घोषित यी विद्यालयले विद्यार्थीको स्वास्थ्यमा देखाएको संवेदनशीलता सकारात्मक रहेको अभिभावकहरुले प्रतिकृया दिएका छन । जिन्दगीको लामो समय विद्यालयमा विताउने विद्यार्थीहरुको स्वास्थ्यलाई महत्व दिन जरुरी थियो जिल्लाका दुई विद्यालयले ढिलै भए पनि यस कुराको वोध गर्नु सकारात्मक हो वालकल्याण नमूना मावि लिवाङका अभिभावक कुलवहादुर डाँगीले भन्नु भयो । जिल्लाका श्रोत सम्पन्न अन्य विद्यालयले समेत यस कुराको अनुसरण गर्न जरुरी छ डाँगीले भन्नु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>