क्रिकेट

ट्वान्टी–२० मा सन्दीपको ‘रेकर्ड’, ५० विकेट पूरा

Banner

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेको ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा भएको छ । आइतबार बैंङ्लोरविरुद्ध एक विकेट लिएसँगै सन्दीपको ५० विकेट पुरा भएको हो ।

गएको सिजनमा दिल्ली डेयर डेभिल्स हालको दिल्ली क्यापीटल्सबाट आईपीएल खेल्ने अवसर पाएका लामिछानेले अहिलेसम्म खेलेका ट्वान्टी—२० खेलमा गरी ५० विकेट पूरा गरेका हुन् ।

उनले आईपीएलपछि अस्ट्रेलियाको विग वास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग लगायतका दर्जनौं प्रतियोगिता खेलिसकेका छन् । यो सिजनको आईपीएलमा सन्दीपले ५ विकेट लिएका छन् ।

ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा गर्नेमा सन्दीप पहिलो नेपाली बलर बनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>