चितवन विशेष
चितवनमा शनिबार बलिउड सांगीतिक कार्यक्रम हुँदै, रोमी र अहुजाको प्रस्तुती रहने

चितवन, मंसिर ६–
चितवनमा आगामी मंसिर १२ गते शनिबार ‘Echoes of Bollywood’ नामक विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। Twilight Entertainment Event Company को आयोजनामा हुन लागेको उक्त कार्यक्रममा बलिउड संगीतका चर्चित प्रस्तुति समेटिने आयोजकले जनाएको छ।
कार्यक्रममा बलिउड संगीत क्षेत्रका प्रतिभाशाली कलाकार नवजोत अहुजार रोमीले विशेष सांगीतिक प्रस्तुति दिने आयोजक संस्थाका निर्देशक सौगात रेग्मीले जानकारी दिए उनीहरूको प्रत्यक्ष प्रस्तुतिमार्फत दर्शकले लोकप्रिय बलिउड गीत–संगीतको छुट्टै अनुभव लिन पाउने आयोजकको अपेक्षा छ।
आयोजकका अनुसार ‘Echoes of Bollywood’ केवल सांगीतिक कार्यक्रम मात्र नभई संगीतप्रेमीलाई एउटै स्थानमा जोड्ने, मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने तथा स्थानीय स्तरमा सांगीतिक र मनोरञ्जन क्षेत्रको विकासमा योगदान पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको हो। दर्शकलाई गुणस्तरीय मनोरञ्जन प्रदान गर्ने, नयाँ सांगीतिक अनुभव भित्र्याउने र स्थानीय स्तरमा सांगीतिक तथा मनोरञ्जन क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।
कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र स्मरणीय बनाउन आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ। साथै कार्यक्रम सफल बनाउन सञ्चारकर्मी, प्रायोजक, सहयोगी संस्था, स्थानीय निकाय, व्यवसायी तथा सम्पूर्ण शुभचिन्तकसँग सहयोग र सहकार्यका लागि आयोजकले आग्रह गरेको छ।
कार्यक्रममा प्रवेशका लागि हाल एक हजार २ सय रुपैयाँ र एक हजार ७ सय रुपैयाँको टिकट विक्री खुला गरिएको आयोजकले जनाएको छ । भीआइपी टिकटको मुल्य भने ५ हजार रुपैयाँ रहेको छ । सांगीतिक कार्यक्रममा भरतपुर र गैंडाकोटका स्थानीय व्याण्डहरु डिजे घोष्ट र डिजे निकको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
























