राजनीति

प्रधानमन्त्री शाहसँग पूर्वराजा ज्ञानेन्द्रको अपेक्षाः नवपुस्ताले देशवासीको मुहार हँसिलो बनाओस्

०
Banner

काठमाडौं, मंसिर ६-
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणका लागि प्रस्थान गरेकै दिन पूर्वराजा ज्ञानेन्द्र शाहले नवपुस्ताको नेतृत्वप्रति अपेक्षा व्यक्त गर्दै फेसबुकमा स्टाटस सार्वजनिक गरेका छन्।

आइतबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वराजा शाहले जोश र जाँगरका साथ राज्य सञ्चालनमा अघि बढेको नयाँ पुस्ताले देशवासीको मुहार हँसिलो र रसिलो बनाउने अभिलाषा राखिएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “जोश जाँगर बोकेर राज्य सञ्चालनमा खडा भएको नवपुस्ताले देशवासीको मुहार हसिलो, रसिलो पार्छ भन्ने अभिलाषा राखिएको छ।”

प्रधानमन्त्री बालेन दुईदिने भारत भ्रमणका लागि आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन्। उनी भारत भ्रमणमा निस्किएकै दिन पूर्वराजा शाहको नवपुस्तालाई लक्षित सन्देश सार्वजनिक भएको हो।

पूर्वराजाको उक्त अभिव्यक्तिमा नयाँ पुस्ताले राज्य सञ्चालनको जिम्मेवारी सम्हाल्दै जनताको अपेक्षा पूरा गर्ने विश्वास र कामना व्यक्त गरिएको देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>