देश/प्रदेश

दैलेखमा बन्चरो प्रहार गरी श्रीमती र तीन सन्तान घाइते बनाउने व्यक्ति पक्राउ

०
Banner

दैलेख, मंसिर ५ –

दैलेखमा घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३, पानीखोलाका ३८ वर्षीय अम्मर सलामी मगरले घरायसी विवादका क्रममा आफ्नै श्रीमती र तीन सन्तानमाथि दाउरा काट्ने बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ।

बन्चरो प्रहारबाट उनकी ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र सलामी, ६ वर्षीय छोरा मिलन सलामी र ३ वर्षीया छोरी करिस्मा सलामी घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते चारै जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत दैलेखको दुल्लुस्थित नगर अस्पताल पठाइएको छ।

घटना गराउने आरोपित अम्मर सलामी मगरलाई घटनामा प्रयोग भएको बन्चरोसहित नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>