राजनीति
नेपालको राजनीतिलाई सही दिशामा लैजाने जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीको छः माधव नेपाल
०

काठमाडौं, मंसिर ५ –
नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा अघि बढाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको बताउनुभएको छ ।
शनिवार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उहाँले देश, जनता र समाजको चिन्ता गर्दै मुलुकको रूपान्तरणका लागि पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले नेपाली राजनीतिमा विभिन्न पार्टीहरू आन्तरिक समस्यामा फसेको उल्लेख गर्दै कोही विभाजनको अवस्थामा रहेको र कोही आफ्नै समस्याका कारण कमजोर बनेको टिप्पणी गर्नुभयो । यस्तो अवस्थामा नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आशा र अपेक्षा बढेको उहाँको दाबी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























